१०. नेपाल आयुर्वेद चिकित्सा परिषद्
आयुर्वेद शिक्षा तथा सेवाको आवश्यक मापदण्ड निर्धारणका साथै चिकित्सकहरूको पञ्जीकरण, औषधालयहरूको प्राविधिक, प्रशासनिक, सुपरिवेक्षण, मूल्याङ्कनको सुव्यवस्थाका लागि राष्ट्रिय स्तरमा लागू हुने गरी नेपाल आयुर्वेद चिकित्सा परिषद्को गठनको व्यवस्था
गरिनेछ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको कार्य विवरण
उद्देश्य
विशेषतः जिल्ला अन्तर्गत साधारण आयुर्वेद औषधालयहरूले गर्ने कामका अतिरिक्त अन्तर्गत औषधालयहरूको प्राविधिक, प्रशासनिक सुपरिवेक्षण, मुल्याङ्कन तथा औषधालयहरूका बीच समन्वय गर्नका साथै स्थानीय जडिबुटीय तथा अन्य स्रोतको परिचालनद्वारा अधिकाधिक औषधी निर्माण गरी नमूना संस्थाको रूपमा सेवा प्रदान गर्नु जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको मुख्य उद्देश्य रहनेछ ।
. स्वास्थ्य केन्द्रमा आएका तथा आयुर्वेद औषधालयबाट प्रेषण गरिएका विरामीहरूको चिकित्सा गर्ने ।
. पञ्चकर्मका केही सेवाहरू संचालन गर्ने ।
. नेपाल सरकारबाट प्राप्त औषधीहरूको सुव्यवस्थित ढंगबाट वितरण गर्ने गराउने ।
. स्थानीय जडिबुटिबाट अधिकाधिक औषधी तयार गरी वितरण गर्ने ।
. स्वास्थ्य केन्द्रको परिसरमा नमूना जडिबुटी उद्यान बनाउने तथा औषध जडिबुटीसँग सम्बद्ध वन, कृषि, सामुदायिक वन आदि सरकारी, गैर सरकारी निकायहरूसँग अन्तरसंस्थागत समन्वय कायम गरी औषध जडिबुटीहरूको उत्पादन, संकलन, संरक्षण सम्बद्र्धन तथा त्यसको अधिकाधिक औषधीको रूपमा प्रयोग सम्बन्धमा कार्यकर्ताहरूलाई तालीम गोष्ठी आदि गरी ज्ञान दिलाउने ।
. स्थानीय जडिबुटीको लागत तथा हर्वेरियम तयार गर्ने ।
. जिल्ला अन्तर्गतका आयुर्वेद औषधालयहरूको प्राविधिक, प्रशासनिक सुपरिवेक्षण मूल्याकन गर्ने तथा अन्य कार्यक्रमहरूमा सहयोग पु¥याउने ।
. जडिबुटी तथा विरामीहरूको तथ्याङ्क केन्द्रमा उपलब्ध गराउने ।
. अन्य विभागीय निर्देशनअनुसार गर्ने गराउने । आयुर्वेद औषधालयको कार्य विवरण
उद्देश्य
विशेषतः स्थानीय जडिबुटी तथा अन्य स्रोतको परिचालन गरी स्वास्थ्य सेवालाई अधिकाधिक स्वावलम्वी बनाउन औषधालयमा नै औषधी निर्माण गरी सेवा पु¥याउनु औषधालयको मुख्य उद्देश्य हुनेछ ।
.औषधालयमा आएका विरामीहरूको साधारण चिकित्सा गर्ने तथा आवश्यक भएमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा प्रेषण गर्ने ।
. नेपाल सरकारबाट पठाएका औषधीहरू सुव्यवस्थित ढंगबाट वितरण गर्ने ।
. स्थानीय स्रोतमा उपलब्ध हुने जडिबुटीहरूको उत्पादन, संकलन, संरक्षण, सम्बद्र्धनका साथै त्यसको आयुर्वेद औषधीको रूपमा अत्यधिक प्रयोग गर्ने ।
. औषधालयको परिसरमा जडिबुटी उद्यान लगाउने तथा स्थानीय परम्परागत स्वास्थ्य कार्यकर्ता धामी झाँक्री, तथा सामाजिक कार्यकर्ताहरूलाई जडिबुटीको उत्पादन संकलन, संरक्षण, प्रवद्र्धनका साथै त्यसको आयुर्वेद चिकित्सामा अधिकाधिक प्रयोगबारे तालीमको
आयोजनाका साथै स्थानीय स्तरमा सरकारी एवं गैह्रसरकारी निकायसँग समन्वय समितिहरूको गठन गर्ने ।
. स्थानीय जडिबुटीहरूको विवरण तथा नमूना तयार गर्ने र सम्बन्धित निकायमा पठाउने ।
. विशेषतः हेल्थपोष्ट नभएका क्षेत्रमा रहेका औषधालयहरूबाट हेल्थपोष्टबाट हुने अन्य सेवाहरूसमेत सञ्चालन गर्ने ।
. संक्रामक रोगको महामारी फैलिएका बखत रोकथामको व्यवस्था मिलाउने ।
.विरामीहरूको मासिक तथ्याङ्क सम्बन्धित निकायमा पठाउने ।
. अन्य विभागीय निर्देशनअनुसार गर्ने गराउने ।